काठमाडौं -प्रहरीले जुवा खालबाट करिब पाँच लाखसहित सात जनालाई पक्राउ गरेको छ । अवैध रुपमा जुवातास खेलाई रहेको भन्ने गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
काठमाडौं महानगरपालिका–२६ ठमेलस्थित भोजराज सिलवालको जस्ताको टहरामा टोलीले छापा मार्दा तास खेलिरहेको अवस्थामा पक्राउ गरेको परिसरका प्रवक्ता (डिएसपी) होविन्द्र बोगटीले जानकारी दिए ।
पक्राउ परेको उनीहरुको साथबाट चार लाख ९७ हजार आठ सय ३५ रुपैयाँ र १ बुक तास बरामद गरिएको उनले बताए । उनीहरुमाथि थप अनुसन्धान भई आवश्यक कारबाही हुने प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij