२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

शिवम् सिमेन्टको “मजबुत निर्माणमा गुणस्तरिय सिमेन्टको भुमिका” सम्बन्धी सचेतना

शिवम् सिमेन्टको “मजबुत निर्माणमा गुणस्तरिय सिमेन्टको भुमिका” सम्बन्धी सचेतना

1.4K
Shares

काठमाडौं– शिवम् सिमेन्ट लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत “मजबुत निर्माणमा गुणस्तरिय सिमेन्टको भुमिका” बारेमा कार्यशाला गोष्ठी सम्पन्न गरेको छ ।

शिवम् सिमेन्टले पूर्वको गौरादहमा गरेको उक्त कार्यक्रममा निमार्ण व्यवसायी, ठेकेदार, मिस्त्री, इन्जिनियर उल्लेखनिय सहभागिता रहेको थियो । उक्त कार्यक्रममा शिवम् सिमेन्टका तर्फबाट प्राविधिक विज्ञ आनन्द चतुर्वेदीले  सिमेन्टको गुणस्तरको बारेमा जानकारी प्रदान गराएका थिए ।

साथै सिमेन्टलाई कंक्रीट र प्लास्टरमा सहि तरिकाले प्रयोग गर्न प्राबिधिक ज्ञान तथा ओ.पी.सी. सिमेन्टको फाइदा र विशेषताको बारेमा जानकारी गराएका छन् ।

कुनै पनि निर्माण बलियो बनाउन राम्रो बालुवा कसरी छान्ने, राम्रो इट्टा कसरी छान्ने, राम्रो सिमेन्ट कसरी छान्ने आदि जस्ता विषयमा पनि उक्त कार्यक्रममा छलफल गरिनुको साथै सरल प्राविधिक विधी बारेमा मिस्त्रीहरुलाई जानकारी गराइएको थियो ।

उक्त कार्यक्रममा उपस्थित सहभागिहरुले यस कार्यक्रमबाट आफ्नो कार्यदक्षतामा प्रभावकारी सहयोग हुने भन्दै शिवम् सिमेन्टलाई धन्यवाद ज्ञापन गरेका थिए ।

शिवम् सिमेन्ट लिमिटेडले नो कम्प्रोमाईजको नारा सहित विभिन्न क्षेत्रहरु जस्तै शिक्षा, स्वास्थ्य, खेलकुद, यातायात, वातावरण व्यवस्थापन एवम् वृक्षारोपण, सरसफाई, मनोरञ्जन जस्तो क्षेत्रमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij