२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

दाङमा भएको बस दुर्घटनाको छानबिन गर्न समिति गठन

दाङमा भएको बस दुर्घटनाको छानबिन गर्न समिति गठन

1.6K
Shares

लमही– शनिबार दाङको राम्रीमा भएको बस दुर्घटनाका विषयमा छानबिन गर्न समिति गठन गरिएको छ।
प्रदेश नं–५ का वरिष्ठ प्रहरी उपरीक्षक नरबहादुर खत्रीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो।
समितिको सदस्यमा प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गणेश चन्द, प्रहरी नायब उपरीक्षक पुष्प मल्ल, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाही र जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक मदनबहादुर कुँवर रहेका छन्।
समितिले दुर्घटनाको कारण पत्ता लगाइ प्रदेश प्रहरी कार्यालयलाई सुझाव दिने छ। राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर– ३ राम्रीमा शुक्रबार कृष्णसेन इच्छुक स्मृति बहुप्राविधिक शिक्षालयका विद्यार्थी तथा शिक्षक चढेको नमस्ते राप्ती यातायात प्रालिको बा ४ ख ९७६६ नं को बस दुर्घटना हुँदा २३ जनाको मृत्यु र १४ जना घाइते भएका थिए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij