२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

दाङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या २३ पुग्यो, सबैको सनाखत (नामावलीसहित)

दाङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या २३ पुग्यो, सबैको सनाखत (नामावलीसहित)

1.6K
Shares

  दाङ-दाङमा शुक्रबार साँझ भएको बा ४ ख ९७६६ नम्बरको बस दुर्घटनाका सबै २३ जना मृतकको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय दाङले मृतक सवै जनाको सनाखत गरेर सकिएको र शव आफन्तजनलाई बुझाएको जनाएको छ ।

यसैबीच दुर्घटनाका १२ गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।  नेपालगञ्ज र कोहलपुरमा उपचार हनु नसकेपछि शनिबार उनीहरुलाई हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौं पठाइएको छ । 

घाइते र मृतक सबै घोराही १७ स्थित कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका शिक्षक र विद्यार्थी हुन्

प्रहरीका अनुसार दुर्घटनामा मृत्यु हुनेमा  १९ जना पुरुष ४ महिला रहेका छन् । जसमा  दाङका ६ जना, जुम्लाका ११ जना, कञ्चनपुर, डोल्पा, जाजरकोट, बाजुरा, बझाङ,  र रुकुम पूर्वका १–१ जना रहेका छन् ।  
ज्यान गुमाउनेको नामावली
 १– कुशुम रावल बर्ष १६ , जुम्ला, चन्दनाथ न.पा. 
 २– कबिता खत्री बर्ष २१, दाङ्ग बबई गाउँपलिाका ५
 ३–आतिस नेपाली बर्ष १७ , भेरीगंगा न.पा. ४ जाजरकोट  
४– खेमराज भट्ट, बर्ष १७ , कञ्चनपुर , कृष्णनगर न.पा.–५ 
५–हिक्मत बोहरा बर्ष १७ , जुम्ला चन्दानाथ गा.पा.–३  
६–प्रदीप  घिमिरे  बर्ष २८ दाङ्ग घोराही उ.म.पा.–१७  
७– संजित रतगैया बर्ष २० , दाङ्ग दंगिशरण  गा.पा.–१
८–बिरेन्द्र कडारा बर्ष २० ,  जुम्ला कान्कासुन्दरी गाउँपालिका–५  
९–नरेश वली बर्ष २८ रुकुम भुमे गाउँपालिका–६ 
१०–विजय घर्ति ( जिएम ) बर्ष १९ , घोराई–१४ 
११– शैलाजा शाही  बर्ष १७ ,  जुम्ला हिमा गा.पा.–५ ( चालक )
१२– मदन खत्री बर्ष २६ , घोराही–३ दाङ्ग ( चालक )
१३–अजुन शाही बर्ष १७ , जुम्ला चन्दनाथ न.पा.–१४
१४–गणेश बिक बर्ष १८, तुल्सीपुर–१८ दाङ्ग .( सह–चालक )
 १५–गजेन्द्र  ऐडी बर्ष १६ , डोल्पा , गजदुल्ला गा.पा.पा ३
१६–महेश जोसी बर्ष १९ , बझाङ्ग, जयपृथ्वी नगरपालिका–१२
१७–रितेन्द्र शाही  बर्ष १९ ,  जुम्ला चन्दनाथ गा.पा.–१४
१८–रुपेश शाही बर्ष २२ ,  सोही गाउँपालिका–१० जुम्ला
१९– देविप्रसाद उपाध्याय बर्ष १६ , सोही गाउँपालिका–३ जुम्ला
२० विपना खत्री बर्ष १७ , सोही स्थान
२१–जंग ब बुढा  बर्ष १९ जुम्ला रारालिखी–१
२२ वीरेन्द्र कन्दरा  बर्ष १९ , जुम्ला कनाकासुन्दरी जुम्ला १८
२३– लोकेन्द्र रावत बर्ष १८ ,  बाजुरा बुढीगंगा–१०

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij