२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एभरेष्ट प्रिमियर लिग

एभरेष्ट प्रिमियर लिगको उपाधी भैरहवालाई हराउँदै ललितपुरले जित्यो

एभरेष्ट प्रिमियर लिगको उपाधी भैरहवालाई हराउँदै ललितपुरले जित्यो

1.2K
Shares

v

काठमाडौं -एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणको उपाधि ललितपुरले जितेको छ ।
आज कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा राष्ट्रिय क्रिकेट टोलीका ज्ञानेन्द्र मल्लको नेतृत्व टोली ललितपुर र शरद भेषवाकरको टोली भैरहवा ग्लाडिएटर्सबीच खेलमा ललितपुरले जित हात पारेको हो ।
टस हारेर ललितपुरले भैरहवासामू १५६ रन लक्ष्य प्रस्तुत गरेको थियो। तर, भैरहवा १४१ रन बनाएर अलआउट भयो।
भैरहवाका लागि ओपनर प्रदीप ऐरीले २२ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ३४ रन बनाए । रविइन्दर सिंहले ३२ बलमा समान १ चौका र छक्का प्रहार गर्दै २९ रन बनाए । मोहम्मद नविदले १० रन बनाउन सके। शरद भेषवाकर र रायन टेन डेस्काटेले समान १४ रन बनाउँदा आरिफ शेखले १२ रन बटुले। यस्तै, कुशल मल्लले नटआउट हुँदै १६ रन बनाउन सफल भए।
ललितपुरको जितमा पवन सर्राफ र ललितनारायण राजवंशीले उत्कृष्ट बलिङ गरे।

यसअघि ललितपुरका जयकिशन कोसवालाले अर्धशतकीय पारी खेले। उनले ३ चौका र ३ छक्काको मद्दतले ५२ बलमा ५७ रन जोडेका थिए।सन्दीप जोराले २४ रनको योगदान गरे भने गौरव तोमारले २३ रन जोडे। उनले १९ बलमा ३ चौका र १ छक्का प्रहार गरे।
१९.१ ओभरमा सबै विकेट गुमाएर ललितपुर १ सय ५५ रनमा समेटिएको थियो।
यस्तै, प्लेयर अफ दि म्याचको उपाधि ललित राजवंशीले पाएका छन् भने प्लेयर अफ द सिरिजको उपाधि रविइन्दर सिंहले पाएका छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij