२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कांँग्रेस केन्द्रीय समितिबाट विधानको संशोधित मस्यौदा सर्वसम्मतिले पारित

कांँग्रेस केन्द्रीय समितिबाट विधानको संशोधित मस्यौदा सर्वसम्मतिले पारित

2.1K
Shares

काठमाडौँ — नेपाली कांग्रेसको केन्द्रीय कार्यसमतिले विधानको संशोधित मस्यौदा सर्वसम्मतिले पारित गरेको छ । पार्टी महामन्त्री एवं विधान संशोधन मस्यौदा समितिका संयोजक पूर्णबहादुर खड्काले केन्द्रीय कार्यसमितिमा मंसिर ९ गते प्रस्तुत गरेको पार्टी विधानको संशोधित मस्यौदा सर्वसम्मतिले पारित भएको हो ।
पारित मस्यौदा केन्द्रीय कार्यसमितिको तर्फबाट महामन्त्री एवं समितिका संयोजक पूर्णबहादुर खड्काले महासमितिको जारी बैठकमा पौष ७ गते पेश गर्नु हुनेछ । केन्द्रीय कार्यसमितिको आकार एक ७१ हुने सहमति भएको छ ।
अन्य नेताहरुसँगको सहमतिबमोजिम देउवाको प्रस्तावमा सभापति, उपसभापति २, महामन्त्री २, सहमहामन्त्री ८ र कोषाध्यक्ष रहने छन् । ८ सहमहामन्त्रीमा ७ जना जातीय समुदाय र एक पीछडिएको क्षेत्रबाट प्रतिनिधित्व हुनेछन् । प्रस्तावित पदाधिकारीमा कोषाध्यक्षबाहेक सबैजना महाधिवेशनबाट निर्वाचित हुनेछन् ।
उक्त प्रस्ताव केन्द्रीय समिति बैठकले अनुमोदन गरेको हो । अनुमोदन भएसँगै तत्काल विधान मस्यौदा छापेर महासमिति सदस्यहरुलाई वितरण गरी भोलीसम्मको महासमिति बैठकबाट अनुमोदन गराउने तयारी भइरहेको काँग्रेस एक केन्द्रीय सदस्यले जानकारी दिए ।
नेपाली कांग्रेसका नेताहरुबीच शुक्रबार बिहान भएको छलफलमा पार्टीको सात जातीय क्लस्टरबाट प्रतिनिधित्व हुने गरी ७ सहमहामन्त्री थप्ने र कोषाध्यक्षबाहेक सबैको निर्वाचन गर्ने सहमति भएको थियो । जसमा महिला, दलित, आदिवासी जनजाति, खासआर्य, मधेसी, थारु, मुस्लिमलाई आरक्षण दिने सहमति भएको थियो ।
तर, संविधानमा भएको अल्पसंख्यक तथा पिछडिएको क्षेत्र छुटेको भन्दै असन्तुष्टि आएपछि एक सहमहामन्त्री थपिएको हो । अब संविधानले तोकेको ८ वटै क्लस्टरबाट सहमहामन्त्री हुनेछन् । नेपाली कांग्रेसको सदस्यता र क्रियाशील सदस्यता हुने व्यवस्था गरिएको छ । नेपाली कांग्रेसको सदस्यता साधारण प्रकृतिको सदस्यता हो भने क्रियाशील सदस्यताका लागि निश्चित मापदण्ड पूरा गरेको हुनुपर्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij