२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गैंडाको खागसहित छ जना पक्राउ

गैंडाको खागसहित छ जना पक्राउ

1.3K
Shares

काठमाडौं -प्रतिबन्धित गैंडाको खागसहित महानगरीय अपराध महाशाखाले छ जनालाई शुक्रबार काठमाडौंबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा तनहुँका मिनलाल लामा, गोरखाका किरण आमगाईं, सुदीप दियाल, चित्रबहादुर बराम, पदमबहादुर परियार र सरोज विक छन्।
सामाखुसीस्थित सडकमा गैंडाको खाग बोकी बेचबिखन गर्न लागिरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखा प्रमुख एसएसपी धीरजप्रताप सिंहले बताए।
उनीहरूको साथबाट गैंडाको एक थान खाग फेला परेको उनले बताए। अभियोगीहरूलाई आवश्यक कारबाहीको लागि जिल्ला वन कार्यालय ललितपुरमा पठाइएको सिंहले जानकारी दिए।
सो मुद्दामा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ बमोजिम पाँच लाखदेखि १० लाखसम्म जरिवाना तथा पाँच वर्षदेखि १५ वर्षसम्म कैद वा दुबै सजाय हुने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij