काठमाडौं– प्रमुख प्रतिपक्ष दल कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध सर्वोच्च अदालतमा परेको रिट खारेज भएको छ।
प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र न्यायाधीश वमकुमार श्रेष्ठको संयुक्त इजलाशले देउवाविरुद्धको रिट शुक्रबार खारेज गरेको हो।
प्रहरी महानिरीक्षक नियुक्तिको विषयमा कांग्रेसले अदालतको अवहेलना गरेको भन्दै देउवाविरुद्ध रिट दायर भएको थियो। रिटमा केन्द्रीय सभापति देउवा र पार्टी विपक्ष बनाइएको थियो।
महानिरीक्षक नियुक्तिबारे सर्वोच्चले गरेको फैसलाले कार्यपालिकाको अधिकारमा हस्तक्षेप गरेको निर्णय कांग्रेस केन्द्रीय समितिले गर्दा अदालतको अवहेलना भएको भन्दै अधिवक्ता हरिप्रसाद मैनालीले २०७३ चैत १५ गते कांग्रेस र देउवाविरुद्ध रिट दायर गरेका थिए ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij