२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

स्वयंसेवी शिक्षक गजेन्द्र राना ‘गजेन्द्र सर’ सम्मानित

स्वयंसेवी शिक्षक गजेन्द्र राना ‘गजेन्द्र सर’ सम्मानित

1.9K
Shares

काठमाडौं– ग्रामीण क्षेत्रको शैक्षिक गुणस्तर सुधार गर्न विगत पाँच वर्षदेखि स्वयंसेवी शिक्षकका रूपका कार्यरत गजेन्द्र राना ‘गजेन्द्र सर’ लाई स्वयम्भूस्थित दि एक्सेल्सियर स्कूलले नगद रु ५० हजारसहित सम्मान गरेको छ ।
‘गजेन्द्र सर’ नामले परिचित रानाले सुर्खेतको गुर्भाकोट नगरपालिका– १४, गुमीस्थित श्री जनसंयुक्त प्राथमिक विद्यालयमा विसं २०७१ देखि स्वयंसेवीरुपमा शिक्षण गरेको मात्र नभई उक्त विद्यालयलाई एक उत्कृष्ट गुणस्तरीय नमूनाका रुपमा विकास गरेका छन् ।

शिक्षक रानाले पाँच वर्षदेखि सो सामुदायिक विद्यालयमा रही स्वयंसेवीरुपमा पठनपाठन गरी शिक्षाको गुणस्तर सुधार गरेका छन् ।
ग्रामीण क्षेत्रको सरकारी विद्यालयमा स्वयंसेवक शिक्षकका रूपमा सेवा गरी विद्यालयको स्तरोन्नतिका लागि महत्वपूर्ण योगदान पुर्‍याएबापत उनलाई विद्यालयका कक्षा ३ का विद्यार्थीद्वारा विद्यालयमा सञ्चालन गरिएको बजार क्रियाकलापबाट उठेको रकमबाट ५० हजार रुपैयाँसहित सम्मान गरिएको हो ।
उक्त विद्यालयमा शुक्रबार भएको एक कार्यक्रममा विद्यालयका प्रबन्ध निर्देशक राम बस्नेतले सम्मानपत्र प्रदान गरेका थिए भने कक्षा तीनका विद्यार्थीले सामूहिकरुपमा सो रकमको चेक हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij