२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुन भन्दै पहेँलो धातु बेच्ने तीनजना भारतीय नागरिक पक्राउ

सुन भन्दै पहेँलो धातु बेच्ने तीनजना भारतीय नागरिक पक्राउ

1.5K
Shares

लहान -सुन भन्दै पहेँलो धातु बिक्री गरेको आरोपमा आज सिरहाको नवराजपुर गाउँपालिका–४ बाट तीन भारतीय नागरिकलाई पक्राउ गरिएको छ । 

नवराजपुर गाउँपालिका–४ मा सुन भन्दै नक्कली पहेँलो धातु बिक्री गरिरहेको अवस्थामा भारतको मधुवनीका ३५ वर्षीय दिपस सिंह, सोही ठाउँका ४५ वर्षीय रामसेवक पासवान र ४५ वर्षीय नथुनी रामलाई प्रहरीले पक्राउ गरेको हो । 

उनीहरुको साथबाट दुई हजार २३४ ग्राम पहेँलो धातु बरामद गरिएको प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij