काठमाडौं– काठमाडौं महानगरपालिका-२६ सामाखुसीबाट लागूऔषध खैरो हेरोइन ३ ग्राम सहित ३ जनालाई बिहीबार दिउसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कैलाली टिकापुर नगरपालिका-१ घर भएकी २१ वर्षीया बर्षा कुँवर, २२ वर्षीय भुबन कार्की र २४ वर्षीय अनिल जोशी रहेका छन् । लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट कञ्चनपुर कृष्णपुर नगरपालिका-८ घर भएका २० वर्षीय किरण ऐरलाई अवैध लागूऔषध चरेश ५० ग्राम तथा नियन्त्रित लागूऔषध नाईट्रोभेट १ सय २२ एम्पुल, स्पास १६ पिस र डाईलेस २ बोत्तल सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । कैलालीबाट काठमाडौंतर्फ आउँदै गरेको ना।६ ख ७४५९ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार किरणले लुकाई छिपाई ल्याएको अवस्थामा उक्त लागूऔषध सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij