काठमाडौं– एडभान्स अटोमोबाईलले रेनो कार प्रेमीका लागि रेनो एक्सचेन्ज क्याम्पको सुरुवात गरेको छ।
क्याम्प पुस ८ गतेसम्म रेनोको सोरुम थापाथली र नक्साल र भक्तपुरमा चल्ने कम्पनीले जनाएको छ।
‘पुरानो छाडौँ, नयाँ गुडाऔँ ’ भन्ने नाराको साथ अटोमोबाइल ग्राहकलाई ध्यानमा राखेर आयोजना गरिएको यो कार्निभलमा पुरानो कार प्रयोगकर्ताहरुले रेनोको नयाँ कारसंग एक्सचेन्ज गर्न सक्ने कम्पनीले जनाएको छ।
रेनोको क्विड, डस्टर र क्याप्चर मोडलका गाडीमा एक्सचेन्ज गर्नसकिने छ।कम्पनीका अनुसार अभियानले ग्राहकलाई तुरुन्त मूल्यांकन र एक्सचेन्ज, २ बर्षसम्मको लागि फ्रि सर्भिसिङ्ग, निशुल्क एसोसोरिज, एक आर्थिक वर्षभरिका लागि सडक कर फ्री, इजी फाइनान्स सुबिधा लगायत सेवा उपलब्ध गराएको छ।
ग्राहकले प्रत्येक टेस्ट ड्राइभ गरे बापत आकर्षक उपहार जित्नेछन्।एडभान्स अटोमोबाईल नेपालमा रेनोको आधिकारिक बितरक हो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij