२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

श्रोत नखुलेको नेपाली रुपैयाँ तथा चाईनिज युयान सहित २ जना पक्राउ

श्रोत नखुलेको नेपाली रुपैयाँ तथा चाईनिज युयान सहित २ जना पक्राउ

1.7K
Shares


काठमाडौं– काठमाडौं महानगरपालिका-६ बौद्ध टुसालबाट श्रोत नखुलेको १३ लाख ५० हजार नेपाली रुपैयाँ तथा ४ हजार ३ सय चाईनिज युयान सहित भारतीय नागरिक छिरिङ दोर्जे र चाईनिज नागरिक ४२ वर्षीय पन्चाउडीलाई बिहीबार राती प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी बृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले छिरिङ दोर्जेले चलाएको बा.६४ प ११०९ नम्बरको स्कुटर जाँच गर्ने क्रममा स्कुटरको डिकी भित्र अन्दाजी १.५ किलोको पँहेलो रंगको धातुको बुद्धको मूर्ती १ थान तथा स्कुटरमा सवार चाईनिज नागरिक पन्चाउडीले बोकेको झोलामा उक्त चाईनिज युयान र नेपाली रुपैयाँ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij