बर्दिवास– महोत्तरीमा बिहिवार दिउँसो पानीमा डुबेर एक बलिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रामगोपालपुर नगरपालिका वडा नम्बर ९ कटैया घर भएका रामकिशोर यादवकी एक वर्षीया छोरी कृती यादव रहेकी छन् । बालिकाकी आमा रिङकी यादवले छोरी कृतिलाई छिमेकीको टयूवेलमा लुगा धुन जाँदा सँगै लिएर गएकी थिईन् ।
कृतिको आमा लुगा धुन व्यस्त भएपछि बालिका खेल्ने क्रममा नजिकैको पानी भरिएको तर प्रयोगमा नआएको शौचालयको रिङ्गमा डुबेर उनको मृत्यू भएको रामगोपालपुर प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको बताईएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij