काठमाडौं– १० रूपैँयाका पोलिमार नोट छपाइ प्रकरणमा पूर्व गभर्नर तिलक रावल सहित ३ जनाविरूद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
नेपाल राष्ट्र बैंकका तत्कालिन गभर्नर तिलक रावल, नोट विभाग प्रमुख उपेन्द्र केशरी पौड्याल र अष्ट्रेलियाको मे फ्लावर लिमिटेडका स्थानीय प्रतिनिधि हिमालय बहादुर पाँडेले जनही ९१ लाख ९ हजार ८ सय ८९ रूपैँया भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ ।
रावल र पौडेललाई महत्वपूर्ण पदमा हुँदा राष्ट्रलाई हानी हुने काम गरेकाले ६ बर्ष सम्म कैद र ९१ लाख ९ हजार ८ सय ८९ रूपैयाँ नै जरिवाना तिराउनुपर्ने अख्तियारको दाबी छ। त्यस्तै पाँडेलाई जरिवाना उत्तिकै सुनाएपनि कैद भने ६ महिना देखि १ वर्ष सम्म गर्नुपर्ने अख्तियारको माग छ।
१० रूपैँयाको पोलिमार नोट ५ करोड थान छाप्न मे फ्लावर कम्पनीलाई दिइएको थियो।
तत्कालिन गभर्नर रावल, नोट विभाग प्रमुख पौड्याल र पाँडेले ती रूपैँया छपाउन दिँदा नेपाल राष्ट्र बैंकलाई अस्वभाविक मूल्य तिराएर हानी पुराएको अख्तियारले आरोप लगाएको छ।
नोट छाप्ने कम्पनीलाई परल मूल्य बढाउन लगाएर पनि उनीहरूले भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ।
अनुसन्धानका क्रमममा उनीहरूले नोट छाप्न बोलपत्र गर्नु अघि नै सूचना चुहाएको अख्तियारको आरोप छ। नोट छापिएपछी पनि मिडियामा कमीकमजोरी नल्याउन मिडियाकर्मीलाई थाइल्याण्ड हुँदै अष्ट्रेलिया पठाएको पनि उसले आरोप लगाएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij