२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

श्रीमतीको इच्छा विपरित करणी गर्ने श्रीमानलाई डेढ वर्ष कैद र १० लाख क्षतिपूर्ति

श्रीमतीको इच्छा विपरित करणी गर्ने श्रीमानलाई डेढ वर्ष कैद र १० लाख क्षतिपूर्ति

1.3K
Shares

कञ्चनपुर– कञ्चनपुर जिल्ला आदालतले श्रीमतीको इच्छा विपरित करणी गर्ने श्रीमानलाई डेढ वर्ष कैद र १० लाख रुपैयाँ क्षतिपूर्ति दिलाउने फैसला गरेको छ ।
जिल्ला न्यायाधीश प्रकाश कुमार अधिकारीको इजलासले श्रीमानलाई डेढ वर्ष थुना र १० लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको अदालतका नायव सुब्बा दानबहादुर सुनारले जानकारी दिए ।
गत कार्तिक दोस्रो साता भीमदत्त नगरपालिका–२ भाँसीकी मञ्जु जोशीले श्रीमान डम्बर राज जोशी बिरुद्ध दायर जबरजस्ती करणी मुद्दामा हालै आदालतले फैसला गरेको हो ।
श्रीमान डम्बरले आफ्नो इच्छा विपरित यौन सम्पर्क राखेको भन्दै मन्जुले उजुरी दिएपछि अदालतले प्रकाशलाइ पूर्पक्षका थुनामा राख्ने आदेश दिएको थियो । प्रहरीका अनुसार डम्बर र मञ्जुले डेढवर्ष अघि भागेर विवाह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij