२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल बैकको शाखा रुपन्देहीको ठुटेपिपलमा पुनस्थापना

नेपाल बैकको शाखा रुपन्देहीको ठुटेपिपलमा पुनस्थापना

1.3K
Shares

काठमाडौं– नेपाल बैकले रुपन्देही जिल्ला ओम सतिया गाउँपालिका वडा नं १ ठुटेपिपलमा शाखामा पुनस्र्थापना गरेको छ ।
उक्त पुनस्र्थापित शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाह र नेपाल राष्ट्र बैक सिध्दार्थनगर रुपन्देहीका निर्देशक अशोक पौडेलले संयुक्त रुपमा गरे ।
उक्त समारोहमा बोल्दै, नेपाल बैक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत शाहले पुनस्थापित शाखाले स्थानीय जनतालाई वचत,आय आर्जन तथा उद्यमशीलता विकासमा सहयोग पु¥याउने अपेक्षा प्रकट गरे ।
नेपाल बैक लिमिटेड ठुटेपिपल शाखा प्रवन्धक झविन्द्र अधिकारीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेवैली भैरहवाका तुलाराम गुरुंगले स्वागत मन्तव्य दिए ।
हाल बैकले देशका ५९ जिल्लामा १५४ शाखा ८१ वटा एटिएम सेवा विन्दु मार्फत १५ लाख बढी ग्राहकलाई प्रत्यक्ष बैकिंग सेवा दिदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij