२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

महालक्ष्मी विकास बैंकले ल्यायो महालक्ष्मी डलर कार्ड

महालक्ष्मी विकास बैंकले ल्यायो महालक्ष्मी डलर कार्ड

1.7K
Shares


काठमाडौं–  महालक्ष्मी विकास बैंक लिमिटेडले चिप प्रणालीमा आधारित महालक्ष्मी डलर कार्ड सार्वजनिक गरेको छ । बैकिङ कारोबारलाई सुरक्षित, विश्वसनीय तथा सहज बनाउँदै कार्डबाट हुने कारोबारको जोखिम न्यूनीकरण गर्ने उद्देश्य बमोजिम चिप प्रणालीमा आधारित महालक्ष्मी डलर कार्ड सञ्चालनमा ल्याइएको हो ।

उक्त  महालक्ष्मी डलर कार्ड प्रयोग गरी संसारको जुनसुकै ठाउँमा यात्रा गरिरहदा (भारत बाहेक) सहजै आवश्यक विदेशी मुद्रामा रकम झिकी प्रयोग गर्न सक्नेछन् । 

साथै,  विदेश भ्रमणका लागि तयारी गरिरहेका ग्राहकहरुले उक्त कार्डको प्रयोग गरी नेपालबाटै केही रकम साथमा बोकी जानुपर्ने र रकम चोरी हुने,आवश्यक मुद्रा सटही कार्यमा ढिलासुस्ती हुने जस्ता समस्याहरु पूर्ण रुपमा छुटकारा पाउन सक्नेछन् । 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij