काठमाडौं–नेपालको अग्रणी सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट्स लिमिटेडले आफ्ना ग्राहकहरुलाई लक्षित गरि ‘लक्ष्मी हातमा देव दर्शन शिवम्का साथमा’ नामक नयाँ योजना बजारमा ल्याएको छ । शिवमले हरेक वर्ष आफ्ना ग्राहकहरुलाई लक्षित गरि कदर स्वरुप नयाँ नयाँ योजनाहरु बजारमा ल्याउँदै आइरहेको छ ।
जसलाई यस वर्ष पनि निरन्तरता दिई ‘लक्ष्मी हातमा देव दर्शन शिवम्का साथमा’ नामक नयाँ योजना बजारमा ल्याएको हो । यो योजना सिमित अवधिका लागि नेपाल अधिराज्यभरि लागु गरिएको छ । यस योजना अन्तर्गत प्रत्येक १० बोराको खरिदमा एउटा कुपन प्राप्त गर्न सकिन्छ । उक्त कुपनको स्क्र्याच गर्ने भागमा स्क्र्याच गरि २.५ ग्राम देखि १० ग्राम सुनको सिक्का वा १ सय देखि १ हजार सम्मको नगद पक्का जित्न सकिने कम्पनीले जनाएको छ ।
नगद पुरस्कार तुरुन्तै वितरकबाट प्राप्त गर्न सकिनेछ भने, सुनको लागि ९८०१११४६५८ मा सम्पर्क गरि नजिकको वितरक वा शिवम् सिमेन्टको शाखा कार्यालयबाट प्राप्त गर्न सकिने कम्पनीले बताएको छ । गोसाईकुण्ड हेलिकप्टर यात्राको लागि कुपनको अर्घकट्टीमा आफ्नो नाम, ठेगाना र मोबाइल नम्बर स्पष्ट रुपमा लेखि लक्की–ड्र बक्समा हाल्नु पर्नेछ । संकलित कुपनहरुलाई राष्ट्रिय टेलिभिजनबाट प्रत्यक्ष प्रसारण मार्फत लक्की–ड्र गरि विजेताहरु चयन हुनेछन् ।
विजेताहरुको हकमा कुपनमा उल्लेखित मोबाइल नम्बरलाई मात्र मान्यता दिईनेछ र उक्त मोबाइल नम्बर बाहकलाई मात्र पुरस्कार प्राप्त गर्न सक्नेछन् । शिवम् सिमेन्ट लिमिटेडले नो कम्प्रोमाइजको नारा सहित विभिन्न क्षेत्रहरु जस्तै शिक्षा, स्वास्थ्य, खेलकुद, यातायात, वातावरण व्यवस्थापन एवम् वृक्षारोपण, सरसफाई, मनोरञ्जन जस्तो क्षेत्रमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । शिवम् सिमेन्ट नेपालभरि नै ग्राहकहरुद्वारा अत्यधिक विश्वास गरिएको र रुचाइएको असली ओपीसी सिमेन्ट हो ।
सन् २००९ मा नेपालको केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधी युक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाको प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र शिवम् सिमेन्ट तथा शिवम प्लस सिमेन्ट उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ । “गुण्स्तरको पहिचान हो शिवम्”, “गुण्स्तरमा कहिल्यै सम्झौता नगरौँ”, “क्वालीटीको मामलामा नो कम्प्रोमाईज”तथा “अटुट कम्प्रेसिभ स्ट्रेन्थ” जस्ता मुल नाराका साथ अगाडी बढिरहेको शिवम् सिमेन्ट्स लिमिटेडले आफ्नो गुणस्तरीय बिक्री वितरण र बिक्री पछिको प्राविधिक सेवाको कारणले अग्र स्थानमा रहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij