काठमाडौं– टोखा नगरपालिका-१ झोर बस्ने ३० वर्षीय सुरज लामाले सञ्चालन गरेको सुक्रिया लामा खाजा घरमा जुवातासखेलिरहेको अवस्थामा सुरज लामा समेत १३ जनालाई नगद ७४ हजार १ सय ६० रुपैयाँ र ६ बुक तास सहित बुधबार दिउसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग टोखाबाट खटिएको प्रहरीले जुवातास खेलिरहेकोअवस्थामा उनीहरुलाई फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij