२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मोनोरेलको डीपीआरका लागि चीनियाँ कम्पनिसँग सम्झौता

मोनोरेलको डीपीआरका लागि चीनियाँ कम्पनिसँग सम्झौता

1.3K
Shares

काठमाडौं – चक्रपथमा मोनोरेल सञ्चालनको लागी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्न चीनको ‘चाइना रेल वे २५ व्युरो ग्रुप’ कम्पनिसँग सम्झौता भएको छ ।

आज बुधबार काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र रेल वे कम्पनिका ओभरसिज बिजनेस म्यानेजमेन्ट बिभागका प्रमुख झ्यु जुवाङ् विङ्ले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । डीपीआरमा माटो परीक्षणसहित बातावरणीय प्रभाव मुल्याङ्कन गर्ने, मनोरेलको डिजाइन, प्राविधिक एवं निर्माण क्षमता, लागत अनुमान ट्रफिक व्यवस्थापनको अनुमान, योजना सञ्चालनका चरण र लाभ बिश्लेषण हुनेछ ।

यो मोनोरेलको डिपिआर तयार पार्दाको लागत सिसिआरसिले नै वेहोर्ने भएको छ । प्रतिवेदनमा प्राप्त भएको विवरण पूर्ण वा आंशिक स्वीकार गर्ने अधिकार काठमाडौं महानगरको हुनेछ । साढे २७ किलोमिटर चक्रपथमध्ये ललितपुर महानगर क्षेत्रमा करीब १० किलोमिटर सडक पर्दछ ।

सम्भाव्यता अध्ययनले चक्रपथमा निर्माण गरीने यो मोनोरेल ३ चरणमा विभाजन गरी निर्माणको काम गर्दा उपयुक्त हुने देखाएको छ । कोटेश्वरदेखि कलंकी खण्डमा पहिलो चरण, कलंकीदेखि महाराजगञ्जसम्म दोस्रो चरण, र महाराजगञ्जदेखि कोटेश्वरसम्म तेस्रो चरणमा काम गर्दा उपयुक्त हुने जनाएको छ । सो सम्भाव्यता अध्ययनले गौसालादेखि चाबहिलसम्म सडक विस्तारमा देखिएको समस्या समाधानमा सरकारले सहयोग गरे विस्तारित चक्रपथमा पैदल मार्गभित्रको दोस्रो लाइनमा मनोरेल चलाउन सक्ने देखाएको छ । प्रतिवेदन पनि यसैको आधारमा तयार भएको छ ।

काठमाडौं भित्र हुने ट्राफिक जामलाई कम गर्ने बैंकल्पिक उपाय मनो रेल हो । मनोरेल आर्थिक रुपमा धेरै खर्चिलो छ । सो कारण आफै खर्च गर्न नसक्ने भएकाले चीन सरकार देखि सिसिआर संग सम्झौता गरेर काम अघाडि वढेको छ । अध्ययनअनुसार काठमाडौं उपत्यकाको २७ किलोमिटर चक्रपथ भित्र मोनोरेल सञ्चालनका लागि करिब १ खर्ब १६ अर्ब लाग्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij