२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

१ करोड २५ लाख मूल्यको फोर्ड रेन्जर -याप्टर नेपालमा

१ करोड २५ लाख मूल्यको फोर्ड रेन्जर -याप्टर नेपालमा

3.1K
Shares

काठमाडौं – नेपाली बजारमा फोर्डको नयाँ पिकअप ट्रक रेन्जर (याप्टर भित्रिएको छ ।
गत शनिबार हात्तीबन रिसोर्टमा सम्पन्न ‘वाइल्डरनेस गेट अ वे’ कार्यक्रममा फोर्डले सो गाडी पनि लन्च गरेको हो ।
हाल फोर्डको सोरुममा सो गाडी बिक्रीका लागि उपलब्ध छ ।
फोर्ड रेन्जरको टफेस्ट र हाई पर्फमिङ भर्सन फोर्ड रेन्जर (याप्टर हो । अफ रोडरका लागि उपयुक्त हुने गरी निर्माण गरिएको सो गाडीको मूल्य १ करोड २५ लाख रुपैयाँ तोकिएको छ ।
यसमा भएको हेभी ड्युटी सस्पेन्सनका कारण रफ ट्रयाक र सहरी क्षेत्रमा समेत स्मुथ राइड गर्न सकिन्छ ।
फ्याक्ट्रीमै निर्माण गरिएको विश्वकै पहिलो हाई पर्फमेन्स अफरोड ट्रक फोर्ड एफ–१५० (याप्टरबाट प्रभावित फ्रन्ट ग्रिल यसमा प्रयोग गरिएको छ । फ्रन्ट बम्परमा हाई इन्टेन्सिटी डिस्चार्ज हेडलाइटको प्रयोग गरिएको छ भने यसमा भएको फङसनल एयर कर्टेनले गाडीको सबै भागमा हावाको बहावलाई नियन्त्रण गर्छ ।
यसमा फोर्डको सिंक थ्री कम्युनिकेसन र इन्टरटेनमेन्ट सिष्टमको प्रयोग गरिएको छ । यसमा एप्पल कारप्ले र एन्ड्रोइड अटोको प्रयोग गर्न सकिन्छ । यसमा भएको ८ इन्च कलर टचस्क्रिनलाई पिन्च र स्वाइप जेस्चरको प्रयोगले चलाउन सकिन्छ ।
फोर्ड रेन्जर (याप्टरमा फोर्ड २।० लिटर इकोब्लु डिजेल इन्जिनको बाई–टर्बो भर्सन प्रयोग गरिएको छ, जसले २१० बीएचपी पावर र ५०० एनएम टर्क प्रदान गर्छ । यसमा १०–स्पिड अटोमेटिक गियरबक्सको प्रयोग गरिएको छ ।
यसमा ड्राइभर असिष्टेन्स र विभिन्न सेफ्टी गियर उपलब्ध छन् ।
नेपालमा फोर्ड गाडीको आधिकारिक वितरक जीओ अटोमोबाइल्सले यो गाडी बिक्रीका लागि उपलब्ध गराएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij