काठमाडौँ– नेपालका तीनवटा ओपिसी सिमेन्ट उद्योगबाट उत्पादित सिमेन्ट गुणास्तरहीन पाइएकाे छ। ती सिमेन्टमा आवश्यकभन्दा बढी म्याग्नेसियम रहेको पाइएको छ। गुणस्तर तथा नापतौल विभागले गरेको जाँचमा होङ्सी सिमेन्ट उद्योग (नवलपरासी), अर्घाखाँची सिमेन्ट उद्योग (रुपन्देही) र शुभश्री जगदम्बा सिमेन्ट उद्योग (बारा)बाट उत्पादित हुने सिमेन्टमा म्याग्नेसियमको मात्र अधिकतम देखिएको हो।
अधिकतम पाँच प्रतिशतसम्म म्याग्नेसियम हुनुपर्नेमा नापजाँचका क्रममा त्योभन्दा बढी देखिएको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए। पाँच प्रतिशतभन्दा बढी म्याग्नेसियम भएको सिमेन्ट गुणस्तरीय मानिँदैन।
विभागले ती सिमेन्ट उद्योगलाई कम म्याग्नेसियम भएको सिमेन्ट उत्पादन गर्न पत्राचारसमेत गरेको छ । म्याग्नेसियमको मात्र नमिलाए ती उद्योगको इजाजतपत्र खारेज गर्ने विभागले जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij