काठमाडौं-सिएमओ एसिया नामक संस्थाले एलआइसी नेपाललाई ‘बेस्ट ब्रान्ड लिडरसिप अवार्ड २०१८’ बाट सम्मान गरेको छ । संस्थाले नेपालको लाइफ इन्स्योरेन्स कम्पनीमध्येमा एलआइसी नेपाललाई उक्त सम्मान प्रदान गरेको हो ।
एलआइसी नेपालले आफूलाई जीवन बिमा क्षेत्रमा उत्कृष्ट व्यावसायिक ब्रान्डका रूरुपमा स्थापित गर्दै ग्राहक सेवामा उत्कृष्ट कार्य गरिरहेकाले यो सम्मान प्रदान गरेको जनाइएको छ ।
उक्त अवार्ड कम्पनीका प्रबन्धक सञ्जीवकुमार अग्रवालले लिएका थिए । सिएमओ एसिया उद्योगका विविध क्षेत्रगत पार्टनरहरूमार्फत उच्चस्तरीय नेतृत्व र ज्ञान आदान–प्रदान गर्ने एउटा ग्लोबल संस्था रहेको दाबी गरिएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij