काठमाडौं– महानगरीय प्रहरी परिसरले सार्वजनिक सवारीमा चढेर चोरी र यात्रुको पाकेट मार्ने गरेको आरोपमा ७७ जनालाई पक्राउ गरेको छ । प्रहरीले २० दिन सम्म गरेको अपरेशनमा ७७ जना पक्राउ परेको परिसरले जनाएको छ । समुह बनाएर सार्वजनिक सवारीमा चढेर लुटपाट गर्नेलाई पहिचान गरेर प्रहरीले पक्राउ गरेको हो । सादा पोषाकमा क्यामेरासहित खटिने प्रहरीले चोरी गर्ने र पाकेट मार्नेको पहिचान गरेका थिए । सार्वजनिक यातायातालाई सुरक्षित बनाउन प्रहरी अभियानकै रुपमा चोरी र पाकेटमारी गर्नेलाई पक्राउ गर्ने अभियान चलाएको हो । पक्राउ परेका सबैलाई सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा चलाइने प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij