काठमाडौं–प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अपराध अनुसन्धानका लागि साधन र स्रोतको अभाव रहेको गुनासो गरेका छन् ।
बुधबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै आइजीपी खनालले पर्याप्त स्रोत, साधानको व्यवस्थापनमा ध्यान दिएर मात्रै अपराध अनुसन्धानको कामलाई प्रभावकारी बनाउन सकिने भन्दै त्यसतर्फ पनि राज्यका सबै निकायको ध्यान जानुपर्ने बताए ।
प्रहरी महानिरीक्षक खनालले अपराध नियन्त्रणको काममा प्रहरीलाई मात्रै औंला ठड्याउने काम भइरहेको गुनासो पनि गरे । राज्यका सबै निकाय सचेत रहेमात्र अपराध अनुसन्धानको काम प्रभावकारी हुने उनको दावी छ ।
कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको हत्यारालाई पत्ता लगाउन अझै नसकेको भन्दै प्रहरीको आलोचना भईरहेका बेला उनले अपराध अनुसन्धानका लागि प्रविधिसहितको स्रोत, साधन अभाव भएको बताएका हुन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij