काठमाडौँ । सर्वोच्च अदालतको फैसला कार्यान्वयन कार्यालय परिसर भित्र रहेको एक भवनमा मंगलबार विहान आगलागी भएको छ ।
सिंहदरबारको दक्षिणतर्फ रहेको सर्वोच्च अदालतको फैसला कार्यान्वयन कार्यालय परिसरस्थित जिल्ला अदालत रहेको पुरानो भवनमा आगलागी भएको हो ।
विद्युत सर्ट भई आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
भवन पुरानो र जीर्ण भएकाले प्रयोगमा आएको थिएन । भवनको भुइँतलामा भएको आगलागी भर्खरै नियन्त्रणमा आएको आएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij