२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

चौधरी समूहको झम्सीखेलमा रहेको भिभान्ता होटल तयार

चौधरी समूहको झम्सीखेलमा रहेको भिभान्ता होटल तयार

1.9K
Shares

काठमाडौं– ललितपुरको झम्सीखेलमा चौधरी समूहको लगानी रहेको होटल भिभान्ता तयार भएको छ।
होटल तयार भएसँगै अबको केही दिनमा होटल सञ्चालनमा ल्याउने तयारी चौधरी समूहको छ। होटलमा सुइटसहित एक सय ११ रुम छन्। होटलको १० औं तलामा स्वीमिङ पुल छ ।
होटलको व्यवस्थापन ताज ग्रुपले सम्हाल्ने भएको छ।
सीजी हस्पिटालिटीका कार्यकारी निर्देशक राहुल चौधरी, द इन्डियन होटल्स कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक पुनित चटवालबीच होटल सञ्चालनका विषयमा सहमति भएसँगै होटलको व्यवस्थापन ताज समूहले सम्हाल्न लागेको हो।
मंसिर महिनामा नै होटल सञ्चालन गर्ने तयारी भएता पनि निर्माण कार्य नसकिएपछि अबको केही दिनमा होटल सञ्चालन गर्ने तयारी छ।
चौधरी समूहले लगानी गरेको यो होटलमा मात्र होइन ताज समूहले जंगल सफारी रिसोर्ट मेघौली सेराईको व्यवस्थापन पनि हेर्दै आइरहेको छ। चौधरी ग्रुप र ताज समूहबीच श्रीलंका, माल्दिभ्स, थाइल्यान्ड, दुबई र भारतमा होटल तथा रिसोर्टहरू सहकार्य छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij