२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल भ्रमण वर्ष २०२०

नेपाल भ्रमण वर्ष कार्यान्वयन उपसमितिले पायो पूर्णता

नेपाल भ्रमण वर्ष कार्यान्वयन उपसमितिले पायो पूर्णता

1.3K
Shares

काठमाडौँ– सरकारले ‘नेपाल भ्रमण वर्ष २०२०’ को कार्यक्रम कार्यान्वयन उपसमितिलाई पूर्णता दिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको गत कात्तिक १६ गते मन्त्रिस्तरीय निर्णयबाट अभियानको कार्यक्रम कार्यान्वयनको उपाध्यक्ष तथा राष्ट्रिय कार्यक्रम संयोजकमा उद्योगपति सुरज वैद्यलाई नियुक्त गरेको थियो ।
पर्यटनमन्त्री अध्यक्ष रहने समितिका उपाध्यक्ष राष्ट्रिय कार्यक्रम संयोजकका रुपमा रहने व्यवस्था गरिएको छ ।
जम्मा १९ सदस्यीय समितिको सदस्यमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत, मन्त्रालयको पर्यटन महाशखाका सहसचिव, अर्थमन्त्रालयका सहसचिव, लुम्बिनी विकास कोषका उपाध्यक्ष र नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधि सदस्य रहेका छन् ।
यस्तै अन्य सदस्यमा अनिल चित्रकार, सिर्जना राणा, अवधेश त्रिपाठी, विप्लव पौडेल, रञ्जीत आचार्य, नवराज दाहाल, चारु चङ्गा, डा वासुदेव कोइराला, दाबा स्टेफेन शेर्पा, प्रसान्त सिंह, विजयबहादुर श्रेष्ठ, कृष्णहरि खत्री र सदस्यसचिवमा पर्यटन बोर्डका वरिष्ठ निर्देशक नन्दिनी लाहे थापा रहेका छन् ।
उपसमितिले पूर्णता पाएसँगै भ्रमण वर्षका काम अघि बढाइने अभियानका राष्ट्रिय संयोजक वैद्यले बताए । सरकारले २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाएर २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij