हुन्डाईको इलेक्ट्रिक कार आयोनिकलाई गत भाद्र महिनामा नाडा अटो शोमा पहिलो पटक सार्वजनिक गरिएको थियो ।
नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले सो कार प्रदर्शनका लागि राखेको थियो ।
अहिले पनि सो कार यसको सोरुममा देख्न सकिन्छ । हुन्डाईको इलेक्ट्रिक कार आयोनिक मिड साइज्ड सेडान आकारको छ । उक्त कारमा ८६ किलोवाटको इलेक्ट्रिक मोटर लगाइएको छ । कारलाई एकपटक फुल चार्ज गरेपछि २ सय २० देखि २ सय ५० किलोमिटर सम्म चलाउन सकिन्छ ।
कारमा ड्युअल एलईडी लाइट, सुरक्षाका लागि ७ वटा एयर ब्याग, सिक्स व्रेकिङ सिस्टम उपलव्ध गराइएको छ । ५ सिट क्षमताको यो कारले सेफ्टिमा फाइभ स्टार रेटिङ सहित उत्कृष्ट नतिजा हात पारेको छ ।
यसको मुल्य नेपाली बजारमा ५३ लाख ९६ हजार रुपैयाँ सम्म पर्ने बताइएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij