२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बाढीले बगाएर भारत पुर्‍याएको एकसिङ्गे गैँडा फिर्ता ल्याइयो

बाढीले बगाएर भारत पुर्‍याएको एकसिङ्गे गैँडा फिर्ता ल्याइयो

1.6K
Shares
p4f/kl5 lrtjg NofOFb} u}F8f cfOtjf/ gjnk/f;Lsf] ;':tfl:yt pv'af/Laf6 p4f/ u/]kl5 gf/fo0fL gbL tf/]/ lrtjg NofOFb} u/]sf] b'n{e Psl;+u] u}F8f . t:jL/ ;f}hGo M k'?iff]Qd kf08] ,/f;;

चितवन – विश्वकै दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडा नारायणीमा डुङ्गा शयर गरेर आफ्नो घर भित्रिएको छ ।
गत वर्ष राप्ती नदीमा आएको बाढीले बगाएर भारत पुर्‍याएको करीब १५ र २० वर्षको पोथी गैँडालाई गए राति चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएको हो ।

यसअघि बाढीले बगाएका १० गैँडालाई राष्ट्रिय प्रकृति संरक्षण कोष र चितवन निकुञ्जको संयुक्त टोलीले उद्धार गरेर घर फर्काएको थियो । केही गैँडा भारतको तल्लोभागमा पुगेकाले उद्धार गर्न सकिएको थिएन ।

यसपालि एउटा गैँडा नेपाली भूमिमा आएपछि भने उद्धार गर्न सफल भएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकाल बताउँछन् । अझै दुई गैँडा भारतमा रहेको निकुञ्जको भनाइ छ ।

उद्धार गरिएको उक्त गैँडालाई राति करीब ११ बजे चितवन निकुञ्जको तमोरताल नजिकै ल्याएर छाडिएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोष र चितवन निकुञ्जका वन्यजन्तु प्राविधिक तथा पशु चिकित्सकसहित ३० भन्दा बढी संरक्षणकर्मी उद्धारमा खटिएका थिए । उद्धारमा तीन हात्तीको प्रयोग गरिएको थियो ।

सुस्तावासीले गैँडा उद्धारमा ठूलो सहयोग गरेको राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख रामकुमार अर्याल बताए ।

शनिबार सुस्ताको उखुबारीमा आइपुगेको गैँडालाई स्थानीयवासीले ट्याक्टर तेस्र्याइ रातभर जाग्राम बसेर छेकेका थिए ।

आइतबार वन्यजन्तु प्राविधिक टोलीले गैँडालाई डार्ट गरेर (बन्दुकबाट औषधि पठाई लठ्याएर) नियन्त्रणमा लिइएको थियो । “रातभर जाग्राम बसेर सुस्तावासीले गैँडालाई रेखदेख गर्नुभयो, यो प्रशंसनीय कार्य हो”, अर्यालले भने ।

आइतबार दिउँसो २ः५० बजे उद्धार भएको गैँडालाई साँझ ठूलो डुङ्गामार्फत नारायणी तारेर नवलपरासीको त्रिवेणी ल्याइएको थियो । त्यसपछि ट्रकमा राखेर राति नै चितवन ल्याइएको हो । यसरी बाढीले बगाएका गैँडालाई डुङ्गामा तारेर ल्याइएको यो दोस्रो हो ।

झण्डै दुई हजार किलोको गैँडालाई डुङ्गामा तार्नु जोखिम भए पनि स्थानीयवासीको सहयोग र माझीको कुशलताले सफल भएको निकुञ्जले जनाएको छ ।

उद्धारमा भारतीयको असहयोग

उक्त गैँडा १५-२० दिनअघिदेखि नै भारतीय भूमिमा देखिन थालेको थियो । भारतीय क्षेत्रमा भएकाले गैँडा उद्धारका लागि भारतले अनुमति दिएको थिएन ।

विगतमा सहज रूपमा गैँडा उद्धारमा सहयोग गरेको भारतको वाल्मिकी टाइगर रिजर्बले यसपालि भने सहयोग नगरेको गुनासो उद्धारमा खटिएका संरक्षणकर्मीको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij