२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

निर्मलाका बुवा यज्ञराज स्वस्थ भएपछि अस्पतालबाट डिस्चार्ज

निर्मलाका बुवा यज्ञराज स्वस्थ भएपछि अस्पतालबाट डिस्चार्ज

1.6K
Shares

काठमाडौं– बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी किशोरी निर्मला पन्तका बुवा यज्ञराज पन्त डिस्चार्ज भएका छन्। पन्तको उपचारमा संलग्न डा. सरोज ओझाका अनुसार पूर्ण रुपमा स्वस्थ भएपछि उनलाई आइतवार अपराह्न डिस्चार्ज गरिएको हो। 

छोरीका हत्यारालाई कारवाहीको माग राख्दै जिल्ला प्रशासन कार्यालय अगाडि धर्नामा बसिरहेका यज्ञराजले असामान्य व्यवहार देखाउन थालेपछि उपचारका लागि काठमाडौं ल्याइएको थियो। उनलाई मंसिर ९ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो।

चिकित्सकका अनुसार यज्ञराज मानसिक तनाव र थाइराइडको समस्याका कारण विरामी भएको र पूर्ण स्वस्थ भएपछि आज डिस्चार्ज गरिएको हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij