बंगालको खाँडी हुँदै उत्तर पश्चिमतिर फैलिरहेको सामुद्रीक आँधीका कारण नेपालमा पनि सोमबार र मंगलबार मौसममा बदली हुने भएको छ।
पेथाई नाम दिइएको सो आँधीको प्रभावले सोमबार बिहानदेखि राजधानीसहित देशका पूर्वी भागमा धुम्म बादल लागेको छ। बादल लागेसँगै उपत्यकाको तापक्रम पनि घटेको छ। सोमबार उपत्यकाको न्यूनतम तापक्रम २.५ डिग्री मापन भएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरूण पौडेलले जानकारी दिए।
‘पेथाई आँधीको प्रभाव देखिएको हो। काठमाडौंसहित पूर्वी भागमा हल्का वर्षा र उच्च हिमाली भेगमा हिमपातको सम्भावना छ,’ पौडलले भने, ‘बुधबारदेखि मौसममा सुधार हुन्छ।’ @ setopati
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij