२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

सार्वजनिक सवारीले आजदेखि टुँडिखेल आसपासमा यात्रु कुर्न नपाइने

सार्वजनिक सवारीले आजदेखि टुँडिखेल आसपासमा यात्रु कुर्न नपाइने

1.9K
Shares

काठमाडौँ-काठमाडौँ महानगरपालिकाले आजदेखि टुँडिखेल आसपास क्षेत्रमा सार्वजनिक सवारी साधन रोकेर राख्न नपाउने व्यवस्था गरेको छ ।
सार्वजनिक सवारी साधन एकै स्थानमा लामो समय रोकेर राख्दा जामको समस्या बढ्नाका साथै वातावरण प्रदूषण हुने भएकाले कामपाले यस किमिसको व्यवस्था शुरु गरेको जनाएको छ । कामपाको मुख्य स्थान मानिने र लामो वा छोटो दूरीका सार्वजनिक सवारी साधन रोकेर राख्ने स्थान टुँडिखेल आसपास नै रहेकाले यस किसिमको व्यवस्था गरिएको कामपाले जनाएको छ ।
कामपाका अनुसार पहिलो चरणमा यी स्थानमा यस किसिमको नियमको शुरु गरी प्रभावकारी बनाउने र अबको केही महीनाभित्र कामपाको ३२ वटै वडामा उक्त व्यवस्था लागू हुनेछ ।
रोक्नै नपाउने भने होइन, पहिलेजस्तो यात्रुको पर्खाइमा एउटै सवारी साधन लामो समयसम्म रोकेर बस्न नपाइने हो, ‘पिक एण्ड ड्रप’ मात्रै गर्नुपर्दछ महानगरले जनाएको छ ।
कुनै पनि सवारी साधनले यसअघि जस्तो लामो समय रोकेर राख्ने र अर्को सावरी साधन नआउन्जेलसम्मका लागि भन्दै अटेर गरे कामपाले कारवाहीको प्रक्रिया अघि बढाउने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij