२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ब्राउनसुगरसहित एक जना पक्राउ

ब्राउनसुगरसहित एक जना पक्राउ

1.4K
Shares

काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट
प्रहरीले   ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाली धनगढी उपमहानगरपालिका– ४ का २२ वर्षीय पवन चौधरी रहेको छ । 

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले कैलालीबाट काठमाडौँतर्फ आउँदै गरेको ना६ख ४२३ नंको बसमा जाँच गर्ने क्रममा ज्याकेटमा लुकाइछिपाइ ल्याएको अवस्थामा उक्त लागुऔषध फेला पारिएको हो । सो विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । 

यसैगरी काठमाडौँ महानगरपालिका– ५ कालोपुल डेरा गरी बस्ने रामेछापका दलबहादुर खड्र, कञ्चनपुरका हरिकृष्ण भट्ट र रचना प्रसाईंको कोठाबाट रु तीन लाख मूल्य बराबरका धनमाल चोरी भएको प्रहरीले जनाएको छ । 

त्यस्तै प्रहरीले बूढानीलकण्ठ नगरपालिका– १० कपनबाट एक हजार ८०० लिटर घरेलु मदिरा र मदिरा बनाउन प्रयोग गरिने छ हजार २०० लिटर कच्चा पदार्थ बरामद गरी नष्ट गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij