२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

इसेवा फोन पे र युनियन पेबीच सम्झौता

इसेवा फोन पे र युनियन पेबीच सम्झौता

2.4K
Shares


काठमाडौं-इसेवा फोन पे र युनियन पे इन्टरनेसनलबीच नेपालमा क्युआर कोडमार्फत मोबाइल भुक्तानी प्रणाली सञ्चालन गर्ने सम्झौता भएको छ । सम्झौतामा युनियन पेका प्रडक्ट डाइरेक्टर सुसान फिलिप गैडान तथा इसेवा फोन पेको प्यारेन्ट कम्पनी एपवान सप्mट इन्टरनेसनल प्रालिका अध्यक्ष विश्वास ढकालले हस्ताक्षर गरेका थिए । 

सम्झौताअनुसार युनियन पेका नेपाली तथा विदेशी ग्राहकले मोबाइलबाट क्युआर कोड प्रयोग गरी नेपालका विभिन्न मर्चेन्टलाई भुक्तानी दिन सक्ने जनाइएको छ । 

क्युआर पेमेन्ट प्रविधि मोबाइल भुक्तानी प्रणाली हो । यो सेवा कार्ड पेमेन्ट तथा प्वाइन्ट अफ सेल्सजस्ता पेमेन्ट टर्मिनललाई प्रयोग गरी हुने भुक्तानी प्रणालीको विकल्पमा सस्तोसमेत हुन्छ । 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij