२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

तलबबाहेक ८० प्रतिशत भत्ता माग गर्दै संसद्का कर्मचारी आन्दोलनमा

तलबबाहेक ८० प्रतिशत भत्ता माग गर्दै संसद्का कर्मचारी आन्दोलनमा

1.6K
Shares

काठमाडौँ – तलबबाहेकको ८० प्रतिशत भत्ता र दैनिक खाजा खाना खर्च कटौटी गरिएको भन्दै संघीय संसद्का कर्मचारी आन्दोलनमा उत्रिएका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । 

आन्दोलनकै कारण शुक्रबारका लागि तया भएको १२ औँ संसद् दिवसको कार्यक्रम पनि स्थगित गरिएको छ । 

संसद्का कर्मचारीले गत साउनसम्म तलबबाहेक ८० प्रतिशत भत्ता र खाजा खाना खर्च बुझ्दै आएका थिए । दोस्रो संविधानसभाका वेला कामको चाप भएको भन्दै उनीहरुलाई भत्ता र खाना खर्चको व्यवस्था गरिएको थियो । 

तर, अहिले कामको चाप सामान्य भएको भन्दै सरकारले गत साउनदेखि भत्ता कटौती गरेको थियो । त्यसबाट असन्तुष्ट कर्माचारी आन्दोलमा उत्रिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij