काठमाण्डौ – शिवम् सिमेन्ट लिमिटेड र मह सञ्चारकाबीच मह सञ्चार समुहले निर्माण गर्न लागेको नेपाली कथानक चलचित्र “दाल भात तरकारी”का लागि आर्थिक तथा प्रर्वद्धनात्मक क्षेत्रमा सहकार्य गर्न सम्झौता भएको छ । सम्झौतामा शिवम् सिमेन्टका सेल्स एण्ड मार्केटिङका भाईस प्रेसिडेन्ट सजन देवकोटा, मह सञ्चारको तर्फबाट हरिबंश आर्चायले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।
हस्ताक्षर कार्यक्रममा मदनकृष्ण श्रेष्ठ, किरण के.स.ी, सुदन के.सी., मोहित बंश आचार्य लगाएत अन्य कलाकारहरुको उपस्थिती रहेको थियो ।
उक्त कार्यक्रममा मह सञ्चारका तर्फबाट किरण के।सी।ले शिवम् सिमेन्टसँग सहकार्य गरी चलचित्र निर्माण एवम् प्रबद्र्धनमा थप टेवा पुग्नुका साथै अन्य ब्राडलाई समेत सहकार्य गर्न हौसला मिलेको बताए । साथै यसरी विभिन्न ब्राण्डहरुले चलचित्र क्षेत्रमा सहकार्य गर्नु सकारात्मक भएको बताउँदै शिवम् सिमेन्ट प्रति आभार व्यक्त गरे ।
शिवम् सिमेन्ट लिमिटेडले नो कम्प्रोमाइजको नारा सहित विभिन्न क्षेत्रहरु जस्तै शिक्षा, स्वास्थ्य, खेलकुद, यातायात, वातावरण व्यवस्थापन एवम् वृक्षारोपण, सरसफाई, मनोरञ्जन जस्तो क्षेत्रमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।
शिवम् सिमेन्ट नेपालभरि नै ग्राहकहरुद्वारा अत्याधिक विश्वास गरिएको र रुचाइएको असली ओपीसी सिमेन्ट हो । सन् २००९ मा हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधी युक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र शिवम् सिमेन्ट तथा शिवम प्लस सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij