काठमाडौं – अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको अर्थतन्त्रमा ज्वरो आएको बताएका छन् ।
आज अर्थसमिति बैठकमा बोल्दै अर्थमन्त्री खतिवडाले अर्थतन्त्रमा ज्वरो आएको तर त्यो बच्चाको दात आउँदा आएको ज्वरो भएका कारण असर खासै नगर्ने बताए ।
सेयर बजारमा विषयमा छलफल गर्न बोलाएको बैठकमा बोल्दै उनले सेयर बजारमा भएको पुँजीलाई परिचालन गरी उत्पादनमूलक क्षेत्रमा लगाउन सके आर्थिक वृद्धिदरमा सहयोग पुग्ने बताए ।
मन्त्री खतिवडाले सेयर बजारमा लगानी गर्दा कति समय होल्ड गर्न सकिन्छ विचार गरेर मात्रै लगानी गर्न सुझाव दिए । राष्ट्रिय पुँजी निर्माण सेयर बजारलाई बनाउनु पर्ने आफ्नो धारणा रहेको बताए । समितिले निर्णय कुनै लिने भए सेयर बजारका बिज्ञको धारणा लिएर मात्रै निर्णय लिनु पर्ने बताए । उनले सरकार पुँजी बजारका विषयमा सजक भएको समेत बताएका छन् ।
बैठकमा सहभागी पूर्वअर्थमन्त्री ज्ञानेन्द्र कार्कीले भने दुईवटा कम्युनिस्ट मिलेर चुनावमा जाने निर्णय भएसँगै सेयर बजारको पतन सुरु भएको बताए ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij