२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल इन्भेष्टमेन्ट बैंकले १८ प्रतिशत बोनस दिने

नेपाल इन्भेष्टमेन्ट बैंकले १८ प्रतिशत बोनस दिने

1.7K
Shares

काठमाडौं-नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्ना शेयरधनीलाई ४० प्रतिशत लाभांश दिने भएको छ । बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले १८ प्रतिशत शेयर लाभांश र २२ प्रतिशत नगद लाभांश गरी उक्त परिमाणमा लाभांश दिने प्रस्ताव गरेको हो । बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी साधारणसभाले पारित गरेपछि शेयरधनीले प्राप्त गर्नेछन् ।

बैंकले अघिल्लो वर्ष पनि सोही परिमाणमा लाभांश दिएको थियो तर अघिल्लो वर्ष बोनस शेयरको हिस्सा १५ रुपैंया मात्र थियो भने बाँकी २५ प्रतिशत नगद लाभांश दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij