काठमाडौं– काठमाडौं बौद्ध स्तुपाबाट नक्कली सुनलाई सक्कली सुन भनी नगद ६६ लाख रुपैयाँमा विक्री वितरण गर्न लागेको अवस्थामा २ जनालाई सोमबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं चाबहिल बस्ने सिन्धुपाल्चोक वलेफी घर भएका २३ वर्षीय लालबहादुर लामा र सोही ठाउँ बस्ने सिन्धुपाल्चोक मेलम्ची घर भएका २२ वर्षीय राजिव तामाङ रहेका छन् ।
नक्कसली सुनलाई सक्ककली सुन भनी बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले विस्कुट आकारमा रहेको १र१ केजीका २ थान सुन जस्तो देखिने नक्कमली सुन सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij