२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

फिचर : कस्तो छ नयाँ स्कोडा -यापिड ? मूल्य र विशेषता के ?

फिचर : कस्तो छ नयाँ स्कोडा -यापिड ? मूल्य र विशेषता के ?

985
Shares

नेपालमा स्कोडाका गाडी पहिले देखि नै उपलब्ध छन् । नयाँ स्कोडा -यापिड करिब २ बर्ष पहिले देखि नै नेपाली बजारमा उपलब्ध छ । नेपालका लागि स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले स्कोडा -यापिडको फेसलिफ्टलाई नेपाली बजारमा उपलब्ध गराइरहेको छ ।

नयाँ क्रिस्टलाइन डिजाइन ल्यांगवेजमा तयार गरिएको ¥यापिडको पफर्मेन्स अझ पनि परिस्कृत रहेको छ । नेपालमा स्कोडा -यापिड १६ सय सीसीको पेट्रोल इन्जिन र १५ सय सीसीको डिजेल इन्जिनमा उपलब्ध छ ।

६ वटा एक्साइटिंग कलर (ब्रिलियन्ट सिल्भर, क्यान्डी ह्वाइट, क्यापिचिनो बिग, कार्बन स्टिल, सिल्क ब्लु र फ्ल्यास रेड)मा उपलब्ध नयाँ स्कोडा -यापिड तीन भेरियन्टः एक्टिभ, एम्बिसन र स्टाइलमा नेपालभरिका स्कोडाका आधिकारिक शोरुमहरुमा उपलब्ध छ ।

इमोसनल डिजाइन फिलोसोफी
नयाँ स्कोडा -यापिडमा ब्रान्डको सिग्नेचर डिजाइन ल्याङवेजसँग मिल्ने आधुनिक क्रिस्टलाइन डिजाइन छ । यसमा शार्प एंगल र कर्भहरु प्रयोग गरिएका छन् जसले यसलाई निकै आकर्षक सेडान बनाएको छ । नयाँ कारको डिजाइन स्कोडाको देश चेक सम्पदाबाट प्रभावित छ ।

नयाँ स्कोडा -यापिडको बाह्य डिजाइन आधुनिक र भावनात्मक रुपमा आकर्षक पनि छ । कारमा उत्कृष्ट क्रिस्टलाइन डिजाइन भएको बम्पर र फेन्डरमा पनि देख्न सकिन्छ । नयाँ स्कोडा ‘सिग्नेचर ग्रिल र क्वार्ज–कट ह्यालोजिन प्रोजेक्टर हेडलाइट’ले कारलाई उत्कृष्ट बनाएको छ । यसमा सुरक्षाको दृष्टिले अनिवार्य ‘डे रनिंग लिड लाइट’ पनि जडान गरिएको छ । त्यसैगरी, नयाँ कारमा ‘सी’ आकारको टेललाइट लगाइएको छ जसले यसको स्वरुपलाई आकर्षक बनाएको छ । डोर ह्यान्डलमा लगाइएको ‘डेक लिड’ र क्रोमले कारलाई प्रिमियम लुक्स दिएको छ ।

‘ड्युअल–टोन इबोनी–स्यान्ड कन्ट्रास्ट’ले नयाँ स्कोडा -यापिडको भित्री डिजाइन पनि उत्तिकै आकर्षक बनाएको छ । यसका सिटहरु प्रिमियम लेदरका छन् र श्रृंगारमा प्रयोग गरिएको क्रोमले यसलाई पर्फेक्ट लक्जरी कार बनाएको छ ।

आराम र सुविधा
नयाँ स्कोडा -यापिडको आकर्षक डिजाइन, ‘एडजस्टेबल मल्टिफंक्सन स्टेरिङ’, ‘इलेक्ट्रिकल्ली फोल्डेबल’ र ‘साइड टर्न इन्डिकेटर’सहितको ‘एड्जस्टेबल मिरर’ले यात्रालाई निकै आरामदायी बनाउँछ ।

नयाँ कारमा ‘ड्राइभ’–६.५ इन्चको कलर टचस्क्रिन सेन्ट्रल इन्फोटेन्मेन्ट सिस्टम जडान गरिएको छ । साथै, कारमा रहेको मिररलिंक प्रविधिले गर्दा तपाईंको स्मार्टफोनलाई विना कुनै अवरोध कारसँग कनेक्ट गराउन सकिनेछ । युएसबी वा अक्स–इन वा ब्लुटुथ वा एसडी कार्डमार्फत पनि तपाईं कारसँग स्मार्टफोन कनेक्ट गर्न सक्नु हुनेछ ।

-यापिडमा ‘एड्जस्टेबल ड्युअल रियर एसी भेन्ट’सहितको चामत्कारिक क्लाइमेट्रोनिक प्रविधि छ जसले गर्दा तपाईंले कारमा अद्धितीय आनन्द पाउनुहुनेछ । साथै यसमा ‘रेन सेन्सिङ वाइपर सिस्टम’ छ । यसले वर्षा र यसको बेगलाई सेन्स गरी वाइपरको गतिलाई थपघट गराउँछ । ‘इन–बिल्ट क्रुज कन्ट्रोल’, ‘एडजस्टेबल हेडरेस्ट’, ‘फोल्डेबल आर्मरेस्ट’, ‘ग्लोब बक्स’ र पर्याप्त लेग रुमले नयाँ स्कोडा ¥यापिड ‘क्लास–लिडर’ बनाएको छ ।

परिस्कृत सुरक्षा व्यवस्था
सुरक्षा स्कोडाको प्राथमिकता हो, विकल्प होइन । त्यसैले, नयाँ स्कोडा ¥यापिडमा ‘ड्युअल एयरब्याग’ र ‘एन्टी लकिङ ब्रेक सिस्टम’ (एबीएस) जस्ता सुरक्षा सुविधा छन् । ‘क्वार्ज–कट हेडलाइट’, ‘लिड डे रनिङ लाइट’, ‘इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल’ र ‘हिल होल्ड कन्ट्रोल’ जस्ता प्रविधि पनि सुरक्षाको दृष्टिकोणले महत्वपूर्ण छन् । ‘पार्कटोनिक रियर पार्किङ सेन्सर’, ‘अटोमेटिकल्ली डिमिङ रियर भ्यु मिर’ र कारको झ्यालमा प्रयोग गरिएको ‘वान टच एन्टि पिन्च’ प्रविधि नयाँ स्कोडा कारका सुरक्षा विशेषताहरु हुन् । नयाँ स्कोडा -यापिडमा ‘अटो फ्युल कट अफ’ (फायर प्रिभेन्सन सिस्टम) पनि जडान गरिएको छ ।

बेजोड इन्जिन क्षमता
नयाँ स्कोडा -यापिड १५ सय सीसी टीडीआई डिजेल इन्जिन र १६ सय सीसी एमपीआई पेट्रोल इन्जिनमा उपलब्ध छन् । १५ सय सीसीको टीडीआईले ११० पीएस (८१ किलोवाट)को पावर र २५० एनएमको टर्क उत्पन्न गर्छ भने यसको माइलेज २१ किलोमिटर प्रति लिटर रहेको छ । त्यसैगरी, एमपीआई इन्जिनले १०५ पीएस (७७ किलोवाट) पावर र १५३ एनएम टर्क उत्पन्न गर्छ । यो कारको माइलेज १५ किलोमिटर प्रति लिटर रहेको छ ।

नयाँ -यापिडमा ४६० लिटरको बुट रहेको छ । साथै, डोरमा बोत्तल होल्डर, सेन्टर आर्मरेस्टमा स्टोरेज कम्पार्टमेन्ट र कप होल्डरहरु रहेका छन् ।

क्रिस्टलाइन डिजाइन, बेजोड पर्फर्मेन्स र ‘सिम्प्ली क्लेभर’ सोलुसनले भरिएको नयाँ स्कोडा -यापिडमा निम्न विशेषता छन् ।
– ‘शार्प एंगल र कर्भ’ र क्रिस्टलाइन डिजाइन 
– नयाँ क्वार्ज–कट प्रोजेक्टर लेन्स हेडलाइट र एलईडी डे रनिङ लाइट
– ड्युअल–टोन इबोनी–स्यान्ड इन्टेरियर
– साढे ६ इन्च लामो टच स्क्रिन र मिरलिंक टेक्नोलोजीजडित नयाँ ‘ड्राइभ’ सेन्ट्रल इन्फोटेनमेन्ट सिस्टम
– इलेक्ट्रिकल्ली फोल्डेबल साइड मिरर
– क्लाइट्रोनिक टेक्नोलोजी र रेन सेन्सिङ वाइपर, क्रुज कन्ट्रोल
– ड्युअल एयरब्याग, एबीएस, इएससी र हिल होल्ड कन्ट्रोल
– ४६० लिटरको बुट स्पेस






इन्जिन 

पेट्रोल

१५९८ सीसी

डिजेल

१४९८ सीसी
म्याक्सिमम पावर १०५ पीएस (७७ किलोवाट)११० पीएस (८१ किलोवाट)
म्याक्सिमम टर्क १५३ एनएम२५० एनएम
टायर १८५/६० आर १५१८५/६० आर १५
ह्विलबेस २५५२ एमएम२५५२ एमएम
माइलेज १५ किलोमिटर प्रति लिटर२१ किलोमिटर प्रति लिटर
मूल्य रु ३८.४५ लाख – ५३.४५ लाखरु ४१.९५ लाख – ५७.४५ लाख

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij