बुटवल– रूपन्देहीको देवदहमा ७ वर्षकी बालिका बलात्कृत भएकी छन्।
यसैबीच बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले ६ जना स्थानीय युवालाई पक्राउ गरेको छ।
शुक्रबार साँझ आठ बजे भएको उक्त घटनापछि तत्काल घटनास्थल पुगेको प्रहरीले पाँच जनालाई घटनास्थल नजिकैबाट पक्राउ गरेको हो।
बालिकाको गुप्ताङ्गबाट रगत बगेको र उनलाई उपचारका लागि अस्पताल लगिएको स्थानीयले बताएका छन्।
देवदह प्रहरी चौकीका ईन्चार्ज भरत थापाले पक्राउ परेकाले दिएको बयानको आधारमा देवदहकै जीवन खत्रीलाई पक्राउ गरेको बताए।
खत्री भाग्दै गरेको अवस्थामा देवदहको दाउन्नेबाट पक्राउ परेको थापाले जानकारी दिए। प्रहरीका अनुसार पक्राउ परेकाहरूमा देवदह वडा नम्बर ५ का राजु परियार, बोधे विक, दिनेश विक र देवदहकै जीवन खत्री छन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij