२०८३ कार्तिक २० बिहिबार

Nov 05 2026 Thursday

आर्थिक पत्रकार संघको अध्यक्षमा भट्टराई निर्वाचित

आर्थिक पत्रकार संघको अध्यक्षमा भट्टराई निर्वाचित

1.8K
Shares

काठमाडौं–नेपाल आर्थिक पत्रकार संघ ९नाफिज०मा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको छ ।
शुक्रबार राजधानीमा आयोजित संघको चौथो महासभाले सीताराम भट्टराईको १९ सदस्यीय कार्यसमितिको चयन गरेको हो ।
अध्यक्षमा भट्टराईसहित उपाध्यक्षहरुमा इन्द्र बाँनिया, राजेश बर्मा र छविलाल बगाले निर्वाचित भएका छन् । यसैगरी संस्थाको महासचिवमा नारायणप्रसाद पौडेल, सचिवमा चन्दा कार्की र सहसचिवमा विजय दमासे निर्वाचित भएका छन् ।

कार्यसमितिको कोषाध्यक्षमा रोयल आचार्य निर्वाचित भएका छन् । महासभाले १९ सदस्य केन्द्रीय कार्यसमिति चयन गरेको छ ।
कार्यसमिति सदस्यहरुमा कृष्णप्रसाद भट्टराई, अर्जुन पन्त, प्रजिता बुढाथोकी, मल्लिका घिमिरे, मोहम्द अजमत अली, रोविन पौडेल, दिप्ती भट्ट, रिना खत्री, शान्ति श्रेष्ठ, डोमी शेर्पा र फणिन्द्र दाहाल सर्वसम्मतले निर्वाचित भएका छन् ।
महासभाको उद्घाटन अर्थमन्त्री डा। युवराज खतिवडाले गरेका थिए भने सूचना तथा प्रविधि मन्त्री एवं नेपाल सरकारका प्रवक्ता गोकुल बास्कोटाले महासभाको समापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij