२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

कालोपुलमा फरार अभियुक्त पक्राउ गर्न प्रहरीले गोली चलायो

कालोपुलमा फरार अभियुक्त पक्राउ गर्न प्रहरीले गोली चलायो

1.7K
Shares

काठमाडौं– काठमाडौँको कालोपुलमा गोली हानाहान भएको छ ।  डकैती मुद्दाका एक अभियुक्तलाई पक्राउ गर्न प्रहरीले काठमाडौंमा गोली चलाएको छ। प्रहरीसँगको गोली हानाहानमा इटहरी उपमहानगरपालिका ५ स्थायी घर भएका राजन लिम्बु घाइते भएका छन् ।
लिम्बुसँग गोली र पेस्तोल भएको सूचनापछि प्रहरीले उनलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि आक्रमण गर्न खोज्दा प्रहरीले जवाफी फायर खोलेको थियो ।


लिम्बुको साथबाट चार राउण्ड गोली र एउटा पेस्तोल बरामद भएको अपराध अनुसन्धान महाशाखाले जानकारी दिएको छ ।घटनामा प्रहरीको गोली लिम्बुको खुट्टामा लागेको छ । उनलाई राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि लगिएको छ ।
यसअघि लिम्बुमाथि १८ वटा मुद्दा लागेर १३ बर्ष जेल सजायसमेत भोगिसको छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij