२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

चितवन टाइगर्सलाई टेन्सवर्गको प्रायोजन

चितवन टाइगर्सलाई टेन्सवर्गको प्रायोजन

1.3K
Shares

काठमाडौं –नेपालको एक अग्रणी वियर कम्पनी टेन्सवर्गले आगामी तेस्रो एभ्रेष्ट प्रिमियर लिग टि–२० टुर्नामेन्टमा सहभागी टोली चितवन टाइगर्सलाई प्रायोजन गर्ने जनाएको छ । मंसिर २२ गते देखि पुष ७ गते सम्म हुन गइरहेको यो टुर्नामेन्टमा सहभागी भई नेपालमा क्रिकेट खेलको विकासको लागी टेन्सवर्ग अग्रसर रहेको छ ।

नेपालमा क्रिकेट खेलको लोकप्रियता बढ्दै आइरहेको कारण खेलको प्रगतिको लागी चितवन टाइगर्सलाई मुख्य प्रायोजन गरी सहभागीता जनाएको छ । एम्वेसी रेष्टुरेन्टमा भएको कार्यक्रममा टेन्सवर्गले चितवन टाइगर्स सँगको साझेदारीमा खुशी व्यक्त गर्नुको साथै आगामी खेलहरुको लागी शुभकामना व्यक्त गरेको छ ।

चितवन टाइगर्स पृथु बास्कोटाको कप्तानीसँगै दिपेन्द्र सिंह अ‍ैरी, आईरलाण्डको पल स्टर्लिङ्ग र बेलायतको जोन सिम्पसन, जर्ज स्कट र अन्य उत्कृष्ट खेलाडीहरुको साथ “रोर रोर चितवन टाइगर्स” को नारा लिई यो टुर्नामेन्टमा सहभागी हुन गइरहेको छ ।

टेन्सवर्गले परम्परागत विधिमा नयाँ वियर उत्पादन गर्दै आइरहेको छ । ग्राहकको सन्तुष्टिमा कमी नदिन टेन्सवर्गले उत्कृष्ट वियर बजारमा उपलब्ध गराउँदै आएको छ, जसले ग्राहकलाई अविश्वसनीय खुशी प्रदान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij