२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

व्याजदरलाई सीमाभित्र राख्न उद्योग वाणिज्य महासंघको आग्रह

व्याजदरलाई सीमाभित्र राख्न उद्योग वाणिज्य महासंघको आग्रह

1.2K
Shares

उद्योग वाणिज्य महासंघले बैंहरुबीच अस्वभाविक रुपमा व्याजदर वृद्धिको प्रतिस्पर्धा चलेको भन्दै सीमाभित्र राख्न सरकार र राष्ट्र बैंकलाई आग्रह गरेको छ।

एक विज्ञप्ति जारी गर्दै महासंघले ब्याजदर बढाइँदा विगतमा भएको लगानी र आगामी दिनमा हुने लगानीलाई प्रत्येक्ष असर पर्न गई समग्र अर्थतन्त्र प्रभावित हुने जनाएको छ।

उद्योग व्यवसाय क्षेत्रले महँगो व्याजदरकै कारण कठिनाइ भोगिरहेको जनाउँदै संघले नयाँ व्यवसाय र परियोजना ल्याउन नसक्ने अवस्था बनेको उल्लेख गरेको छ।

बढ्दो व्याजदरले उद्योग क्षेत्रमा लगानी प्रभावित हुने र सरकारले लिएको ८ प्रतिशतको आर्थिक वृद्धि तथा पाँच लाखलाई रोजगारी थप्ने लक्ष्य हासिल हुन कठिन हुने महासंघको भनाइ छ।

नेपाल बैंकर्स संघले व्यक्तिगत मुद्दती निक्षेपमा राखेको सीमा हटाएसँगै बैंकहरुबीच धेरै व्याजदर दिने प्रतिस्पर्धा चलेको छ। यस्तो व्याजदर १३ प्रतिशतसम्म पुगेको छ। यसले आधार व्याजदर बढ्न गई कर्जा महँगो हुने उद्योगीको भनाई छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij