२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

अजोड इन्स्योरेन्स र चिरायु अस्पताल बीच सम्झौता

अजोड इन्स्योरेन्स र चिरायु अस्पताल बीच सम्झौता

1.4K
Shares

काठमाडौं– अजोड इन्स्योरेन्स र चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्सटिच्युट बीच नगद रहित उपचार सेवा सम्बन्धी सम्झौता भएको छ ।
उक्त सम्झौतामा अजोड इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री तथा अस्पतालका तर्फबाट अपरेशन डाइरेक्टर चण्डेश्वर एन।आर।वैद्यले हस्ताक्षर गरेका छन् ।
अजोड इन्स्योरेन्सबाट औषधोपचार बीमा लेख लिएका ग्राहकहरुले हस्पिटलमा भर्ना भई उपचार गराउनु पर्ने अवस्थामा विभिन्न सेवाहरुमा अधिक्तम छुट प्राप्त गर्ने भएको छ । नगद रहित उपचार सेवा उपयोग गर्न पाउन व्योहोरा चिरायु नेशनल हस्पिटल एण्ड मेडिकलले जनाएको छ ।
देशैभरीका प्रमुख हस्पिटल संग सम्झौता गर्ने उद्देश्यका साथ बिभिन्न हस्पिटलमा उक्त सम्झौता भइसकेको र बांकी अस्पतालमा पनि छिटै सम्झौता गर्ने अजोड इन्स्योरेन्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij