काठमाडौं– स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा प्रमुखमा रमेशराज पोखरेल नियुक्त हुने निश्चित भएको छ ।
सोमबार बसेको मन्त्री परिषद्को बैठकले पोखरेललाई कार्यकारी निर्देशकका लागी छनोट गरिएको हो ।
लोक सेवा आयोगले गत कार्तिक ६ र ७ गते लिएको अन्तर्वार्ताको आधारमा सरकारलाई तीन जनाको नाम सिफारिश गरेको थियो । आयोगले डा.दामोदर बसौला, श्रीमान् कार्की र रमेशराज पोखरेलकोे नाम सिफारिश गरेको थियो । आयोगले अन्र्तवार्ताको आधारमा डा।बसौललाई पहिलो नम्बरमा छनौट गरे पनि सरकारले उनलाई बाईपास गरी तेस्रो नम्बरमा परेका पोखरेललाई नियुक्त गरेको थियो । पोखरेल नेपाल राष्ट्र बैंकका पूर्व निर्देशक हुन् ।
यस्तै अर्का प्रतिस्पर्धी बसौला बीमा क्षेत्रका विज्ञ हुन भने कार्की बीमा समितिका अवकाश प्राप्त कार्यकारी निर्देशक हुन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij