काठमाडौं – रेनो गाडीको एक्सचेन्ज क्याम्प प्रारम्भ भएको छ । आजदेखि प्रारम्भ भएको सो क्याम्प आगामी पुस ६ गतेसम्म चल्ने छ ।
नेपालमा रेनो गाडीको आधिकारिक वितरक एडभान्स्ड अटोमोबाइल प्रालिले नेपालभरका रेनो सोरुममा सो क्याम्प आयोजना गर्नेछ ।
‘पुरानो छोडौँ, नयाँ गुडाऔँ’ भन्ने ट्यागलाइनका साथ अटोमोबाइल ग्राहकहरुलाई ध्यानमा राखेर आयोजना गरिएको सो क्याम्पमा पुरानो कार प्रयोगकर्ताहरुले रेनोको नयाँ कार एक्सचेन्ज गर्न सक्नेछन् ।
रेनोको क्विड, डस्टर र क्याप्चर मोडलहरुमा एक्सचेन्ज उपलब्ध रहेको छ ।
एडभान्स्ड अटोमोबाइलले ग्राहकलाई तुरुन्त मूल्यांकन र एक्सचेन्ज, २ बर्षसम्मको लागी फ्रि सर्भिसिङ, निःशुल्क एसोसरिज, एक बर्ष भरीका लागि सडक कर फ्रि, इजी फाइनान्स सुबिधा लगायत सेवा उपलब्ध गराएको छ । ग्राहकहरुले प्रत्येक टेस्ट ड्राइभमा आकर्षक उपहार पाउँने छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij